नियम ५
निवेदन दिनु पर्ने
: (१) अदालतको फैसला बमोजिम कैदको सजाय पाएका ऐनको दफा ३७ मा उल्लेख भएको अवधिको केद सजाय भुक्तान गरिसकेका र् नियम ३ को उपनियम (३) मा उल्लिखित कसूरमा सजाय पाएका कसूरदार बाहेकका अन्य कसूरदारले आफूलाई भएको कैद सजाय कट्टा गरी पाउनको लागि देहाय बमोजिमका कागजातहरु संलग्न गरी आफू कैदमा रहेको कारागार समक्ष अनुसूची-२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ:-
(क) नागरिकता बा राहदानीको प्रमाणित प्रतिलिपि,
(ख) अन्तिम फैसलाको प्रमाणित प्रतिलिपि वा पुनरावेदन, पुनरावलोकन, मुद्दा दोहोच्याउने सम्बन्धी कारबाही गरे वा नगरेको व्यहोरा खुल्ने कागजात,
(ग) जरिबाना बुझाएको वा कैद वसेको प्रमाणित गर्ने कागजात,
(घ) सजाय माफी, मुलतबी, मिनाहा, परिवर्तन वा-कम गर्ने कारबाही चलाएको भए सो व्यहोरा खुल्ने कागजात,
(ङ) सजाय कट्टा गर्न सहयोग गर्ने अन्य कुनै कागजात भए त्यस्तो कागजात ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सत्तरी वर्ष उमेर पूरा भएको वा कडा रोग लागेको वा मानसिक अवस्था ठीक नभएको कसूरदारको हकमा निजको बाबु, आमा, पति, पत्ती, छोरा, बुहारी, दाजु, भाई, दिदी, बहिनी, छोरी, नाती, नातिनी वा एकाघरको उमेर पुगेको व्यक्ति वा त्यस्तो व्यक्ति नभएमा नजिकको नातेदार वा त्यस्तो कोही नभएमा निज कैद पर्नु अघि निजलाई पालन पोषण गरिआएको व्यक्तिले उपनियम (१) बमोजिम निवेदन दिन सक्नेछ ।